8 months ago • Hamro Share Market

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा 
• बैंक तथा बित्तिय संस्थाले प्रवाह गर्ने हायर पर्चेज कर्जाको जोखिम भार १२५ प्रतिशत बाट घटाएर १०० प्रतिशतमा झरेको छ।
• अब बैंक वित्तीय संस्थाहरुले १ आर्थिक वर्ष व्यतीत भएपछी कोर क्यापिटलको २०% सम्म सेयर बेच्न पाउने छन्  जुन यस अघि १ प्रतिशत मात्र रहेको थियो । यसको असर बिक्री गर्न पाउने भएपछि बैंक तथा बित्तिय संस्थाहरुले सेयर खरिदलाई बढाउने छन् । जसले गर्दा बजारको माग पक्ष बलियो हुने देखिन्छ । 
• असल कर्जाको लागि गर्नु पर्ने नोक्सानी ब्यवस्था १.२५ बाट घटेर १.२० कायम रहेको छ । 

समग्रमा भन्नु पर्दा नीति सन्तुलित र बिस्तारै खुकुलो पार्दै गएको आभाष हुन्छ । सेयर बजारले प्रत्यक्ष रुपमा अपेक्षा गरे अनुरुप नआए पनि बजारलाई नकारात्मक प्रभाव पार्ने त्यस्तो कुनै नीति छैन ।