भारोपेली भाषा परिवारमा पर्ने नेपाली भाषा संस्कृत भाषाबाट अपभ्रंश हुदै उत्पत्ति भएको मानिन्छ । जुम्लाको सिंजामा बोलिने खस भाषा नै पछि नेपाली भाषामा रूपान्तरण भएको मानिन्छ । नेपालमा राष्ट्र भाषाका रूपमा सरकारी कामकाजको भाषाको मान्यता पाएको यो भाषा नेपालीहरू पुगेका विश्वका अधिकांश देशहरूमा बोल्ने गरिन्छ । आफ्नो छुट्टै व्याकरण र शब्दकोश भएको यो भाषा साहित्यसिर्जनाले भरिपूर्ण सशक्त र जीवन्त भाषाको रूपमा रहेको छ ।
358 views