20 hours ago • Korea Bhasa

Happy Maha Shivaratri to all: महाशिवरात्रिको शुभकामना ! ❤️🙏  #जय_शम्भु 

6 days ago • Korea Bhasa

News link :
                    https://bbc.in/4b57JWG 

8 days ago • Korea Bhasa

Important for Exam preparation  ‪@sudippaudel21‬ 

कोरीयन भाषा पास गर्न अनिवार्य जान्नैपर्ने 비슷한말, नेपालीमा व्याख्या।

Sudip Paudel

9 days ago • 5,694 views

1 month ago • Korea Bhasa

खुशीको खबर ❗️

ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको नयाँ हवाई भाडा तोकिएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।

बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ । 

1 month ago • Korea Bhasa

새해 복 많이 받으세요

2025 सालको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। साँच्चै यो बर्ष हाम्रो लागि फलदायी र उत्साहजनक बर्ष रहोस्। रोकिएका र अधुरा काम सबै पुरा होस्। सबै परिवारजनमा सुस्वास्थ्यको कामना गर्दछौं।
🙏 

1 month ago • Korea Bhasa

दक्षिण कोरियाले राजनीतिक संकट भोगिरहेका बेला ठूलो विमान दुर्घटना बेहोर्नु परेको छ ।

आज बिहान मात्र - १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको कोरियाली जेजु एयरको विमान दक्षिण कोरियाको राजधानी सउलबाट २८८ किलोमिटर पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

उद्धार र अग्नि नियन्त्रण कार्य निरन्तर भैरहँदा अहिले सम्म ६२ जनाको घटनास्थलमै निधन भएको जानकारी आएको छ ।

मृतक ६२ मध्ये ३७ जना महिला र २५ जना पुरुष रहेको जनाएको छ ।

सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिक रहेको बताइएको छ । 

2 months ago • Korea Bhasa

2025 को लागि HRD कोरियाद्वारा ईपीएस प्रणालीअनुसार अध्ययन-अध्यापनार्थ नयाँ पुस्तक प्रकाशन गरिएको छ।

👉New course book download गर्नुहोला
 
 
Chapter 1 to 30 :  https://drive.google.com/file/d/1qQIIfx7mV-JGsKgrPy8IuEKyOUlV20EO/view?usp=drivesdk 

Chapter 31 to 60 : https://drive.google.com/file/d/1qRc2T32pvZAbjHEzi4KBKRKCn_myPN6G/view?usp=drivesdk 

2 months ago • Korea Bhasa

#सुचना  

सन् २०२५ को ईपिएस ( eps) अन्तर्गतको प्रवासी श्रमिकको कोटा निर्धारण गरिएको सम्बन्धमा, 

आज  डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको  कोटा निर्धारण समिति  (प्रवासी श्रमिक नीति समिति)को बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको छ . जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ .,माथिको कोटा सकीए आवाश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना छन .यो कोटा मध्ये ७,७३० जना  कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन . २०२४को कोटबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार  अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो .  गत अक्टोबरसम्म इपिएसको श्रमिक ३३५६३० जना छन . (कानुन मन्त्रालय अन्तर्गतको मौषमी प्रवासी मजदुरको कोटा ७५,००० जना तोकिएको छ)

सोर्स = udaya rai ( south korea) 

2 months ago • Korea Bhasa

HRD KOREA ले भर्खरै मात्र EPS-TOPIK को New Course Book सार्बजनिक गरेको छ, खासै धेरै थपघट नगरे पनि पुराना केहि पाठहरु हटाएर केहि नया थपेको छ🙏🇰🇷🇰🇷 

2 months ago • Korea Bhasa

कोरीयन भाषाको फेरि UBT परीक्षा हुने बारे सामान्य जानकारी‼️

विशेष शुक्र अनुसार ईपीस कोरियन भाषाको लागी डिसेम्बर अन्तिममा फर्म खुलाउने तयारी भइरहेको छ। कृषि तथा पशुपालन क्षेत्र र सेवा क्षेत्रमा फर्म खुलाउने तयारी गराइरहेको जानकारीमा आएको छ। नेपालले भने दुईवटा क्षेत्रमा मात्रै फ़ाराम नखोलेर सबै क्षेत्रमा एकैपटक खोल्न अनुरोध गरेको छ। आधिकारिक पुष्टि हुन भने अझै बाँकी छ। यो  बर्ष बाट माग़ संग्ख्या भन्दा ३ गुणा बदीले मात्र फ़ारम भर्न मिलने हुनेछ । जस्ते: ५००० को माग कोरिया बाट आएमा जम्मा १५००० ले मात्र परीक्षा फ़ारम भरेर परीक्षामा सामेल हून पाउनेछन ।